दफा ४६
महसुल निर्धारणका आधार
(१) ऐनको दफा ३२ को उपदफा (१) र (२) मा उल्लिखित आधारका अतिरिक्त खानेपानी सेवा तथा सरसफाइ सेवाको महसुल निर्धारणका लागि देहाय बमोजिमका आधार समेत विचार गर्नु पर्नेछ:-
(क) आयोजनाको लागत, क्रण लगानीको सावाँ र ब्याज,
(ख) जडित क्षमता शुल्क,
(ग) स्वलगानी र त्यसको प्रतिफल,
(घ) कर, रोयल्टी, नियमन तथा अन्य शुल्क,
(ङ) अतिरिक्त पूँजीकरण,
(च) प्रशोधन सञ्चालन तथा मर्मत खर्च,
(छ) कार्य संञ्चालन खर्च,
(ज) उपयोगको प्रकार,
(झ) सेवाको थोक खरिद मूल्य,
(ज) ८ महसुल छुट दिनुपर्ने परिमाणको आधारमा सम्भावित मूल्य वृद्धि (क्रस सब्सिडी),
(ट) अधिकार प्राप्त निकायबाट दिएको छुट सुविधा,
(ठ) आयोगले उपयुक्त देखेको अन्य आधार ।
(२) ढल निकास सेवाको महसुल तथा सेवा शुल्क निर्धारण गर्दा उपनियम (१) को अतिरिक्त देहायका आधारलाई समेत विचार गर्नु पर्नेछ:-
(क) फोहोरपानी उत्पादकले निष्कासन गर्ने फोहोरपानीको मात्रा र किसिम,
(ख) निष्काशित फोहोरपानीबाट वातावरणमा पर्ने प्रभाव,
(ग) फोहोरपानी प्रशोधन व्यवस्थापनमा लाग्ने अनुमानित खर्च।
(३) यस नियम बमोजिम निर्धारित महसुल तथा सेवा शुल्क सेवाप्रदायकको सेवाको प्रकृति: हेरी खानेपानी सेवाको महसुलमा जोडेर वा छुट्टै ढल निकास सेवाको मात्र हुने गरी सेवाप्रदायकले उपभोक्तासँग उठाउन-सक्नेछ।
(४) सेवाप्रदायकले महसुल निर्धारणको लागि आवश्यक पर्ने कागजात आयोगलाई उपलब्ध गराएको साठी दिनभित्र आयोगले महसुल;.निर्धारण गर्नु पर्नेछ।
(५) आयोगले यस नियम बमोजिम निर्धारण गरेको महसुल दर समय समयमा पुनरावलोकन गर्न सक्नेछ।